२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु, स्वस्तिवाचनसहित उद्घाटन

सांस्कृतिक झाँकी र र्‍यालीसहित अधिवेशनको सुरुवात, समानान्तर महाधिवेशनको तयारीलाई देउवा समूहले तीव्रता दिँदै

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौँ जिल्ला अधिवेशन सुरु गरेको छ । पार्टीभित्र नेतृत्व र आधिकारिकताको विवाद कायमै रहेका बेला देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा छुट्टै जिल्ला अधिवेशन आयोजना गरेको हो ।

अधिवेशनको उद्घाटन पूर्वसभापति देउवाले गरेका हुन् । उद्घाटनअघि बटुकहरूले स्वस्तिवाचन गरेका थिए भने देउवा पक्षका नेता तथा कार्यकर्ताले विभिन्न सांस्कृतिक झाँकीसहित र्‍याली निकालेका थिए । 

उद्घाटन समारोहमा देउवा पक्षको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइराला, काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. प्रकाश शरण महत, मोहनबहादुर बस्नेतलगायत सहभागी भएका छन् ।

काँग्रेसभित्रको नेतृत्व विवादपछि देउवा पक्षले समानान्तर रूपमा संगठनात्मक गतिविधि र अधिवेशन प्रक्रिया अघि बढाउँदै आएको छ । गगन थापा नेतृत्वको पक्षले १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा देउवा समूहले छुट्टै महाधिवेशनको तयारी गरिरहेको हो । 

देउवा पक्षले यसअघि ६१८ स्थानीय तह र २६ जिल्लामा अधिवेशन सम्पन्न भएको दाबी गरेको थियो । उक्त समूहले वडा, पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशन गर्ने कार्यतालिका अनुसार गतिविधि अघि बढाएको जनाएको छ । 

देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा आफ्नो १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । त्यसका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र भृकुटीमण्डपलगायतका स्थान प्रयोग गर्ने योजना बनाइएको छ । 

काँग्रेसभित्र पार्टीको आधिकारिक नेतृत्व र महाधिवेशन प्रक्रियालाई लिएर दुई पक्षबीच विवाद छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिक मान्यता दिएको भए पनि देउवा समूहले उक्त निर्णयप्रति असहमति जनाउँदै कानुनी चुनौती दिएको छ । 

यही विवादका बीच काठमाडौँमा सुरु भएको देउवा पक्षको जिल्ला अधिवेशनलाई समानान्तर महाधिवेशनको तयारीअन्तर्गतको अर्को संगठनात्मक गतिविधिका रूपमा हेरिएको छ ।

0 Comments