१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा अमरिकामा : राष्ट्रपतिको निर्वाचन अवलोकन (भिडियो)

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अमेरिका पुगेका छन् । शर्माले आफू अमेरिकामा पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

मंगलबार अमेरिकामा नयाँ राष्ट्रपति छनोटका लागि चुनाव भएको छ । शर्माले पनि चुनाव अवलोकन गरेको छन् । उनले मतदानकेन्द्र अवलोकन गर्नु अघि कोरोना परीक्षण गराएका थिए । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी चुनाव मतदान केन्द्र अवलोकन गर्न निस्केका हुन् ।

शर्माले भनेका छन्,‘रिपोर्ट नेगेटिभ आएपछि निर्वाचन हुँदै गरेको बुथमा पुगियो, ट्रम्प–बाइडेन कसले जित्लान् थाहा छैन। तर जवरजस्त ढंगले कोरोना जित्न भने मास्क, भौतिक दूरी र सफाइ अनिवार्य पालना गर्नुपर्छ।’
शर्माको भिडियो :

अमेरिकामा चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार मंगलबार मतदान भएको थियो । राष्ट्रपतिका लागि चुनावी प्रतिष्पर्धामा डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट बाराक ओबामाका पालामा उपराष्ट्रपति रहेका जो बाइडेन उममेदवार छन् ।

ट्रम्प भने फेरि अर्को कार्यकालका लागि चुनिने दौडमा लागेका छन् । बुधबारको प्रारम्भिक मत परिणाम आएको छ । जसमा ट्रम्प भन्दा बाइडन अगाडि छन् ।

यसअघि सन् २०१६ मा पनि लगभग सबै सर्वेक्षणहरूले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने देखाएका थिए। उनले ट्रम्पले भन्दा झन्डै ३० लाख बढी मत पाए पनि चुनाव हारेकी थिइन्। ४ वर्षअघि ट्रम्पले संस्थापनविरोधी नारा दिएर चुनाव जितेका थिए।

अमेरिकामा मतदानको दिनभन्दा पहिला नै भोट हाल्न पाउने ‘अर्ली भोटिङ’को व्यवस्था छ। यसपालि कोरोनाभाइरसको महामारीका कारण यसरी हुलाकबाट अर्ली भोटिङ गर्नेहरूको संख्या ह्वात्तै बढेको हो।

हुलाकबाट मतदान बढेसँगै मतगणना हुन र अन्तिम परिणाम आउन केही दिन लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस