१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा, युद्ध अपराध मुद्दाको सामना गर्ने

अ+ अ-

प्रिस्टिना । कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबार पदबाट राजीनामा दिएका छन् ।

सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गरेका थिए ।

उनीमाथि हेग अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध र मानवता विरोधी अपराधसँग सम्बन्धित मुद्दा लागेको छ ।

कोसोभो युद्धका क्रममा १० हजारभन्दा बढी मानिस मारिएका थिए ।

कोसोभोको राजधानी प्रिस्टिनामा आयोजित पत्रकार सम्मेलनमा ५२ वर्षीय थासीले भने, ‘हामी स्वतन्त्रता रुचाउने मानिस हौं, प्रतिहिंसक र प्रतिशोधी होइनौं । युद्धमा कोसोभो पीडित भएको थियो, सर्बियाले आक्रमणकारीको भूमिका खेलेको थियो ।’

हेग अदालतमा गत अप्रिलमा मुद्दा दर्ता भएको र अक्टोबर २६ मा न्यायाधीशले मुद्दाका बारेमा सार्वजनिक जानकारी दिएका थिए ।

अदालतमा विचाराधीन मुद्दामा राष्ट्रपति थासी र कोसोभो लिबरेसन आर्मीका अरु तीन जना पूर्व कमान्डरमाथि मार्च १९९८ देखि सेप्टेम्बर १९९९ को अवधिमा गैरकानुनी रुपमा धम्की दिने, अभद्र व्यवहार गर्ने, हिंसा फैल्याउने तथा आफ्ना विरोधीलाई सफाया गर्नेजस्ता गम्भीर अपराध गरेको आरोप छ ।

आरोपित थासी सहित तीन जना पूर्व कमान्डरहरु काद्री भेसेली, रेक्सहेप सेलिमी र जाकुप क्रासनिकी केही दिनभित्रै हेग अदालतमा उपस्थित हुनेछन् ।

उनीहरुमाथि हत्या, यातना, जबर्जस्ती बेपत्ता र उत्पीडन समेतका १०–१० वटा आरोप लागेका छन् ।

थासी र भेसेली दुबैले आफूहरुमाथि लागेका आरोप अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस