काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४ यस २३ नमुना परिक्षण गर्दा २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन्। त्यस्तै शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।







