६ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिँचाइमा सहज

अ अ+ अ-

तुलसीपुर(दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामासहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ । 

बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा पनि सिँचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले बताए।

उनका अनुसार उक्त ड्याम निर्माण भएपछि सिँचाइ मात्रै नभई आसपासका कुवा तथा इनारहरूमा पानीको स्तर बढेको छ । यसले गर्दा पानीको सहजता भएको छ । विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताए। विगतमा सिंचाई नहुँदा सुक्खा रहने जमिनहरू अहिले हराभरा हुने गरेको उनको भना छ । 

उनका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुका साथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताए ।  सोही ड्याममा डुंगा पनि छ । त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ ।

0 Comments