भारत । कार दुर्घटनामा परी भारतको आग्रामा तीन नेपालीको मृत्यु भएको छ । बिहीबार आग्रामा ट्रकसँग कार ठोक्कीँदा भएको दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाग्लुङ घर भएका जनक कुमार घर्ती र विवश पुन मगर तथा जनकपुर घर भएकी लक्ष्मी शर्मा रहेको बताइएको छ ।
नेपाल घर फर्किन लागेका उनीहरु दुर्घटनामा परेका बताइएको छ । दुर्घटनामा घाइते भएका पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।







