२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषदद्वारा तिहारमा स्वास्थ्य संस्थामा खटिने व्यक्तिको विवरण माग

अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद कार्यालयले तिहारमा स्वास्थ्य संस्थामा खटिने व्यक्तिको विवरण मागेको छ ।

तिहारको विदामा अस्पताल र विभागमा पालैपालो खटिने व्यक्तिको विवरण मन्त्रिपरिषद् कार्यालयले मागेको हो । देशका विभिन्न भागमा रहेका अस्पताल तथा विभागहरुमा खटिने कर्मचारीको विवरण मन्त्रिपरिषद्को कार्यालयसँगै गृह मन्त्रालयलाई समेत पठाउन पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहिबार ती संस्थालाई विवरण पठाउन परिपत्र समेत गरेको छ ।

तिहारमा लामो बिदा पर्ने भन्दै मन्त्रालयले सम्बन्धित कार्यालयको रेखदेखमा खटिने व्यक्तिहरुको विवरण र सम्पर्क मोबाइल नम्बर पठाउन आग्रह गरेको हो ।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, कान्तिबाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मानसिक अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई पनि पत्राचार गरेको छ ।

त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, सिंहदरवार वैद्यखाना विकास समिति, नेपाल फार्मेसी परिषद, नेपाल मेडिकल काउन्सिल, आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, मनमोहन कार्डियोथेरासिक भास्कुर सेन्टर, नेपाल नेत्रज्योति संघ, विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, औषधि व्यवस्था विभाग, त्रिवि शिक्षण अस्पताल सुरेश वाग्ले क्यान्सर केन्द्र, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय एड्स तथा यौनरोग केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत विवरण पठाउन भनेको छ ।

उता विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कोशी अस्पताल, स्वास्थ्य बीमा बोर्ड, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताललाई पनि पत्राचार गरिएको छ ।

यस्तै आयुर्वेद चिकित्सालय, राष्ट्रिय ट्रमा सेन्टर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र पशुपति होमियोप्याथी चिकित्सालय तथा यूनानी औषधालय, रामराजा प्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि मन्त्रालयले परिपत्र गरेको छ ।