१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरालोले बोलेको मानिसको भाषामा सजिलै बुझ्नसकिने ‘म्याउँ एप’

अ+ अ-

काठमाडौँ । बिरालोले बोलेको म्याउँलाई मानिसको भाषामा अनुवाद गरिदिने ‘म्याउँ एप’को निर्माण भएको छ । एमेजन–एलेक्साका एक पूर्वइन्जिनियरले बिरालोले गरेको म्याउँलाई पनि अनुवाद गरिदिने एप निर्माण गरेका हुन् ।

‘म्याउटक’ले बिरालोको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने प्रयत्न गर्छ। बिरालोपालकहरूले अनुवादलाई अङ्कित (लेभलिङ)गर्न सहयोग गर्न सक्छन्। आर्टफिशल इन्टेलिजन्स (एआई) सफ्टवेअरमा बिरालोको म्याउँका शब्दभण्डार बढाउन उनीहरूले सहयोग गर्न सक्छन्।

हाल उक्त एपको शब्दकोषमा १३ वटा वाक्यांश छन्। त्यसमा ‘मलाई खुवाउनूस्’‘म रिसाएको छु’र ‘मलाई एक्लै छाडिदिनूस्’ जस्ता वाक्यांश छन्।

बिरालोको भाषा
अध्ययनहरूले मानवको जस्तो बिरालाहरूको एउटै साझा भाषा नभएको देखाएका छन्। बिरालाको म्याउँ आफ्नो मालिकअनुसार भिन्न हुन्छ। केही अरूको तुलनामा धेरै नै मुखर हुन्छन्। त्यसैले बिरालाका लागि एउटै डेटाबेसको साटो उक्त एपको अनुवाद हरेक बिरालो अनुसार फरक हुन्छ।

आवाज रेकर्ड गर्ने र त्यसलाई अङ्कित गर्ने गरेपछि एआई र मशीन–लर्निङ सफ्टवेअरले हरेक बिरालोको आवाजलाई राम्ररी बुझ्न सक्छ र जति प्रयोग गर्‍यो त्यति नै आवाज पहिचान सही हुँदै जान्छ।

प्रविधि
एप विकासकर्ता अक्भेलोन समूहका प्राविधिक कार्यक्रम प्रबन्धक जेभियर सान्चेजले एउटा वेबिनारमा अन्तिम लक्ष्य एउटा स्मार्ट–कलर विकास गरेको बताए।

एपमा प्रविधिले तपाईँको बिरालोको आवाजलाई तुरुन्त अनुवाद गर्छ र मानिसको आवाजमा बोल्छ। ‘म्याउँटक’ले बिरालोको म्याउँको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने कोसिस गर्छ । ‘म्याउट’ले बिरालोको म्याउँको आवाजलाई रेकर्ड गर्छ ।

कोरोनाभाइरस महामारीका कारण अहिले मानिसहरू घरमा बस्नुपर्ने अवस्थ आएकाले पनि यो निकै आवश्यक भएको सान्चेजले बताए।

उनले भने, ‘यसले मानिसहरूलाई उनीहरूको बिरालोसँग सञ्चार गर्न समर्थ बनाउनेछ अथवा कम्तीमा उनीहरूको बिरालोको इच्छा बुझ्न र महत्त्वपूर्ण सम्बन्ध निर्माण गर्न सहयोग गर्नेछ।’ यो एप गुगल प्ले स्टोर र एपलको एप स्टोर दुवैमा नि:शुल्क उपलब्ध छ।

विकासको प्राम्भिक चरणमा रहेकाले उक्त एपबारे प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले एपमा त्रुटि उत्पन्न भएको लेखेका छन्। कतिपयले चाहिँ एप मन परेको लेखेका छन्।

प्रयोगकर्ताहरूले गोपनीयताको प्रश्न पनि उठाएका छन्। उनीहरूले रेकर्ड गरिएको डेटा कसरी प्रयोग हुन्छ र कहाँ राखिन्छ भन्ने चासो व्यक्त गरेका छन्।

एपले आफ्नो गोपनीयता नीतिमा अहिले विकासको क्रममा रहेको र गोपनीयतासम्बन्धी युरोपेली सङ्घको सबै नियम मान्ने गरी विकास नहुन्जेल डेटा नियन्त्रण गरिन्छ भन्ने लागेमा एप हटाउन सुझाव दिएको छ।

बिरालाको व्यवहारबारे अध्ययन गरेका विज्ञहरूले उक्त जीवका अधिकांश शब्द मानिससँग सञ्चार गर्न प्रयोग हुने र मालिकहरूले त्यसको जबाफ फर्काउने गरेको बताउँछन्।

यो एप पनि मालिकले कसरी बिरालोको शब्दलाई अङ्कित गर्छन् भन्नेमा भर पर्ने भएकाले सञ्चारमा समस्या हुनसक्ने कतिपय यस्ता विज्ञको मत छ।

‘हामी सम्भवतः कहिल्यै पनि बिरालोको म्याउँलाई मानिसका शब्दहरूमा रूपान्तरण गर्न सक्दैनौँ,’ बिरालोको आनीबानी विज्ञ तथा ‘लेट्स टक अबाउट क्याट्स’की लेखिका अनिता केल्से भन्छिन्। बीबीसी

प्रतिक्रिया दिनुहोस