२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वाधिक पुरस्कार राशि प्रतियोगिताको उपाधि प्रिन्सलाई

अ+ अ-

काठमाडौँ । नेपालका उदीयमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् ।

तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रवार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नवीनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे ।

सेमिफाइनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दै प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

‘रत्न दाइ सँगको जितले मलाई हौसला बढेको छ । म आफ्नो पुरा खेल खेल्छु, विपक्षीलाई कमजोर ठान्न हुँदैन’ – प्रिन्सले खेल्नु अघि भनेका थिए । त्यसैलाई मनन गर्दै खेलेका प्रिन्सले सिनियर खेलाडी नवीनलाई खेलमा हाबी हुन दिएनन् ।

तृतीय स्थान प्राप्त गरेका सेनाका रत्नजित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे ।

विश्व महामारीको रूपमा रहेको कोरोनाका कारण खेलबाट वञ्चित रहेका राष्ट्रिय खेलाडीहरूका लागि यो निकै नै महत्त्वपूर्ण प्रतियोगिता समेत रहेको थियो । प्रतियोगिता आयोजना गरेकोमा राष्ट्रिय खेलाडीहरूले आयोजकलाई धन्यवाद प्रदान गरे ।

मङ्सिर २१ गते देखि सञ्चालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो ।