२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडविरुद्धको खोपलाई स्वीकृति लिन ढिला नगर्नुस् : जर्मनी

अ+ अ-

बर्लिन । युरोपेली संघ (ईयू)ले बायोएनटेक र फाइजरद्वारा विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि ‘क्रिसमस अघि’ अनुमोदन गर्नुपर्ने धारणा जर्मनीको रहेको बर्लिनले मङ्गलबार बताएको छ ।

‘यो लक्ष्य क्रिसमसभन्दा पहिले कोभिड–१९ विरुद्धको खोपलाई ईयूमा प्रयोगका लागि स्वीकृति लिनु हो,’ जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले बर्लिनमा एक प्रेस सम्मेलनमा भने । ‘हामी वर्षको अन्त्य हुनुअघि जर्मनीमा खोप सुरु गर्न चाहन्छौं ।’

एम्स्टर्डममा रहेको यूरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सशर्त स्वीकृति दिनका लागि ढिलोमा यो वर्षको डिसेम्बर २९ सम्ममा विशेष बैठक गर्ने योजना रहेको केही दिन पहिले बताएको थियो ।

ईएमएको उक्त योजनाले ईयूलाई खोप प्रयोग गर्न स्वीकृति दिने राष्ट्रहरूको संख्यामा पछाडि पारेपछि कतिपय ईयू सदस्य राष्ट्रहरूले खोप प्रयोगका लागि अनुमति दिन ढिला गर्नु नहुने धारणा राख्न थालिसकेका छन् । बेलायत, क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्नो नागरिकलाई खोप दिन सुरु गरिसकेका छन् ।

जर्मनीको बाइल्ड पत्रिकाका अनुसार ईयू सदस्य राष्ट्रहरूको दवावपछि ईएमएले यही २३ डिसेम्बरमा बैठक राखी ईयूमा कोभिड खोप प्रयोगका लागि अनुमति दिने वा नदिने भन्ने निश्कर्ष निकाल्ने बताएको छ ।

‘हामी डिसेम्बर २३ को अनुमोदनको बारेमा आशावादी हुन सक्छौं,’ उनले भने । यद्यपि ईयु स्वास्थ्य निकायबाट यसबारे तत्काल कुनै पुष्टि भएको छैन ।

ईएमएका प्रवक्ताले एएफपीलाई बताए, ‘हामीलाई बाइल्डको लेखको बारेमा थाहा छ । हामी बढीमा अझै डिसेम्बर २९ मा खोप प्रयोगका लागि अनुमति दिने योजनाका साथ काम गर्दैछौ । हालमा केहि पनि परिवर्तन भएको छैन ।’

ईयूको खोपबारे निर्णय लिन भएको ढिलाइले ‘युरोपियन युनियनको कार्य गर्ने क्षमतामा’ को आत्मविश्वासलाई कमजोर पार्ने धारणा जर्मनीका स्वास्थ्यमन्त्री स्पानले व्यक्त गरे । यसैबीच जर्मन अस्पताल एसोसिएशनले पनि ईयूले यो खोप मान्यीकरण गर्न लिएको समयको बारेमा चिन्ता व्यक्त गरेको छ ।