२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल संवतलाई नेपाली नोटमा समेट्ने सरकारी प्रतिवद्धता स्वागतयोग्य’ : सांसद रञ्जित

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवत्लाई नेपाली नोटमा समेत अंकित गर्ने सरकारको प्रतिवद्धता स्वागतयोग्य रहेको बताएका छन् ।

मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत नेपालीको मौलिक पहिचान र गौरव भएकाले यसको प्रवद्र्धन नेपालमा मात्र सिमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत हुनुपर्ने बताउनु भयो । सांसद रञ्जितले नेपाल सरकारले नेपाल संवत्को प्रवद्र्धनका लागि गरिरहेका प्रयासको प्रशंसा गर्दै नेपाली नोटमा नेपाल संवत अङ्कित गर्ने प्रतिबद्धता सकारात्मक भएको उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल संवत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने व्यक्तित्वलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने सरकारी प्रतिवद्धता पनि प्रशंसनीय रहेको उनको भनाइ छ ।

उनले राष्ट्रिय विभूति शङ्खधर साख्वा:को प्रतिमामा माल्यार्पण गरेर मात्र नपुग्ने भन्दै उहाँको योगदान र इतिहास भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए। यसका लागि शङ्खधर साख्वा: प्रतिष्ठानलाई थप सुदृढ बनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सूचीकृत गरी वार्षिक बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए।

नेपाल संवत्को संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानलाई संस्थागत रूपमा बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले यस अभियानमा आफू र भक्तपुरका अर्का सांसद दुर्लभ थापासमेत प्रतिबद्ध रहेको बताए

उनले भने, ‘आज हामी नयाँ वर्ष मात्र मनाइरहेका छैनौँ, हाम्रो मौलिक पहिचान र राष्ट्रिय गौरवको प्रतीक नेपाल सम्वत मनाइरहेका छौँ । नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वा:प्रति माल्यार्पण गर्दै उनको परोपकारी योगदानलाई स्मरण गर्नु हामी सबैका लागि गौरवको विषय हो । नेपाल सम्वत अब नेपालमा मात्र सिमित नभई अन्तर्राष्ट्रियस्तरमा समेत यसको पहिचान र प्रवद्र्धन हुन आवश्यक छ । नेपाल सरकारले नेपाल सम्वतलाई प्रोत्साहन गर्ने, नेपाली नोटमा यसको अंकन गर्ने तथा यसको संरक्षण र संवद्र्धनमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने प्रतिबद्धता जनाउनु स्वागतयोग्य कदम हो ।

यसका साथै राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानलाई अझ सुदृढ बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सूचीकृत गर्ने र नियमित बजेटको व्यवस्था गरी उनको इतिहास तथा योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ ।’ नेपाल संवत नेपालीको मौलिक परम्परा र पहिचानसँग जोडिएको विषय भएकाले यसको महत्व नयाँ पुस्तालाई बुझाउँदै व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

0 Comments