२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास छ’

अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।

नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरे । विघटित प्रधिनिधिसभामा नेकपाका प्रमुख सचेतक गुरुङले भने, ‘सरकार बन्न नसकेका अवस्थामा बाहेक संविधानमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको परिकल्पना गरिएको छैन, हामीलाई आशा र विश्वास छ, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सच्चाउने छ ।’

सो अवसरमा नेकपा नेता देवेन्द्र पौडेलले पार्टीको विधान र नियमावलीविपरीतका गतिविधि गर्न नहुनेमा जोड दिँदै संविधानको रक्षाका लागि आफूहरु आन्दोलित भएको बताए । प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले प्रतिनिधिसभाको नियमित अधिवेशन आह्वान गरी बैठक चलाउन प्रदेश समितिको बैठकले माग गर्नेलगायत आठबुँदे प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको जानकारी दिए । गण्डकी प्रदेश कमिटीका २१६ सदस्यमध्येमा आफूहरुको बैठकमा ११० जना बहुमत सदस्य प्रत्यक्ष उपस्थित भएको उनले जिकिर गरे ।