सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ भुल्केमा बस दुर्घटना भएको छ।
बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा एक जनाको मृत्यु भएको बुझिएको छ ।
बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ।
घटनाबारे थप विवरण आउन भने बाँकी छ।







