१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरी बीच भेटबार्ता, बाइडनको प्राथमिकताको बारे छलफल

अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट बार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा राजदुत बेरीले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनका प्रमुख प्राथमिकताबारे जानकारी गराउनुका साथै त्यसबारे छलफल गरेका छन्।

राजदुत बेरीले भेटको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरेका छन् । वाइडनले सपथ ग्रहण गरेलगत्तै विहीबार राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी वाइडनको प्रमुख प्राथमिकताबारे जानकारी गराएका छन् ।

राजदूत बेरीले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न बाइडन प्रशासन इच्छुक रहेको जानकारी दिएका छन्।

‘अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ। हामी हाम्रा गठबन्धनहरूमा सुधार गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ। हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ,’ राष्ट्रपति बाइडनको भनाइ उद्धृत गर्दै बेरीले भनेका छन्, ‘हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ।’

अमेरिकी दूतावासका अनुसार राजदूत बेरीले अमेरिकाको नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने कुरा प्रधानमन्त्री ओलीलाई बताएका थिए। राष्ट्रपति बाइडनले कोभिड–१९ जस्ता साझा चुनौतीहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गर्ने समेत उनले जानकारी गराएका थिए।

उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुनःस्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रहरूसँगको साझेदारी पुनर्जीवित गरिने बताए। राजदूत बेरीले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताएका थिए।

उनले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस