२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्दै कोमल वलीले भनिन्–‘क्षम्य हुने खालको छैन’

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् ।

मङ्गलवार काठमाडौँ जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध सांसद वलीले गाली–बेइजतीको मुद्दा दायर गरेकी हुन् ।

नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदी–बहिनीहरूको मान–प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको सांसद वलीले बताइन् ।

‘सम्पूर्ण आमा, दिदी–बहिनीहरूमाथि लैङ्गिक हिंसा, उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यस कारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन, समस्त आमा, दिदी–बहिनीहरूको मान–प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्दा दर्ता गर्दै छु ।’ मुद्दा दायर गर्दै उनले भनिन् ‘सम्पूर्ण आमा, दिदी–बहिनीहरूमाथि लैङ्गिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरेँ, अदालतले जे निर्णय गर्छ, त्यसलाई मैले आत्मसात् गर्नेछु ।

नेता पन्तले सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सर्वत्र आलोचना भएको थियो ।