२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिखर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, २७.७६ प्रतिशत बोनस शेयर

अ+ अ-

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले सोमबार १५ र १६ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालय थापाथलीको सभा हलमा सम्पन्न साधारणसभाले यस अगाडि सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले यस अगाडि ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो। यसै पुँजीको २७.७६ प्रतिशत बोनस पारित भए सँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यही पुँजीको ३० प्रतिशत हकप्रद निष्कासन पछि भने कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधारण सेयर धनीको हिस्सा ४९ प्रतिशत पुर्‍याउने विशेष प्रस्ताव पारित भएको छ । हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ। शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुगेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

यसै गरी, साधारण सभाबाट सर्वसाधारण सेयर धनी समूह ‘ख का सेयर धनीबाट निर्वाचित हुने २ सञ्चालकका लागि निर्वाचन समेत भएको छ । निर्वाचनबाट दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य निर्वाचित भएका छन् ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताए ।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले सेयर धनीले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै कम्पनीलाई नयाँ उचाइ दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो क्रममा उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने, प्रादेशिक स्तरमा आफ्नै भवनहरू निर्माण गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।