२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको चहलपहल बढ्दै

अ+ अ-

रसुवा । वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् ।

लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत वेशभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । पदयात्राको लागि दैनिकजसो सरदरमा २०/२५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी यथास्थानमा परिणत भइ स्नान गर्न सहज वातावरण भइसकेकाले गोसाइँकुण्डतर्फ बढी मात्रामा पर्यटक केन्द्रित हुनथालेका छन् ।

भगवान शङ्कर विराजमान रहेका र कुण्डमाथीका अग्ला हिमालले थप मनमोहक बनाउने भएका कारण नेपाली मात्र होइन विदेशी पर्यटकको भ्रमण गोसाइँकुण्डतर्फ हुनथालेको छ । विदेशी पर्यटकको हिमाली पदयात्राको पहिलो रोजाइ गोसाइँकुण्ड रहेको पथप्रर्दशक राजु गुरूङले जानकारी दिए । एक वर्षपछि पहिलो पटक गोसाइँकुण्ड आएका रुसी पर्यटकको समूह धुञ्चेमा भेटिएपछि फोटो खिच्नेको लर्को लागेको थियो । गत हप्ता ती पर्यटक गोसाइँकुण्ड गएका थिए । उनीहरूलाई पीसीआर परीक्षण गराइ भ्रमणमा ल्याएको बताउँदै नेपाल कैलास ट्रेकका प्रबन्धक मैपी गुरूङले आगामी दिनमा पनि भ्रमणका लागि विदेशी पर्यटकले बुकिङ गर्न थालिसकेको जानकारी दिए ।

धार्मिक यात्रु एवं पर्यटकलाई सर्वसुलभ तबरले खान बस्ने व्यवस्था मिलाउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले होटल तथा लजमा खाना बस्नको लागि शुल्क निर्धारण गरीसकेको, सुरक्षाका लागि आवश्यक स्थानमा पर्यटक प्रहरी र नेपाल प्रहरी परिचालन भइरहेको र रसुवाको भ्रमणमा खान बस्न कुनै समस्या नपर्ने होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जानकारी दिए ।

नेपालको तेस्रो गन्तव्य मानीएको लाङ्टाङ पदमार्गमा पनि थोर बहुत पर्यटक ओहरदोहर भइरहेको र पर्यटकको आगमन सङ्ख्या बढ्ने अपेक्षाका साथ पदमार्गका सबै होटल सञ्चालनमा आइसकेको होटल व्यवसायी सङ्घले जनाएको छ । रासस