२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्सिजन अभाव आपूर्ति गर्न प्रदेश सरकारलाई सामाजिक विकास समितिको निर्देशन

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिजन अभाव पूर्ति गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिका अध्यक्ष देवी वलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।

प्रदेश अस्पताल सुर्खेतले वैशाख ३१ गते कोभिड–१९ को सङ्क्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई अक्सिजन अभावकै कारण भर्ना लिन नसकिने सूचनाबाट ध्यानाकर्षण भएर समितिको तत्काल बैठक बसी अक्सिजन अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिइएको अध्यक्ष वलीले जानकारी दिइन् ।

“हामीले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायतको व्यवस्थापन गर्नसमेत निर्देशन दिएका छौँ”, उनले भनिन्, “विशेषगरी प्रदेश अस्पताल सुर्खेतमा दैनिक एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन गरेका छौँ ।”

कर्णालीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र सबै अस्पतालमा नियमित विद्युत् आपूर्तिका निम्ति तत्काल पहल गर्न सरकारलाई सुझाएको जनाउँदै वलीले समितिको बैठकबाट प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीव्रता दिने निर्णय गरिएको बताइन् ।

तीनै तहका सरकारले कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि आम जनसमुदायमा दिएका निर्देशन पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन तथा गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोरोनासँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सहायता गर्न बैठकले अपिल गर्ने निर्णय गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्टबाट श्ययामै अक्सिजन दिने व्यवस्था गरिको भए पनि कोरोना सङ्क्रमितको बढ्दो चापले अभाव पूर्ति हुन सकेको छैन । सो अभाव पूर्तिका लागि दैनिक सयौँ सिलिन्डर आयात गर्नुपर्ने भएकाले प्लान्टको क्षमता बढाएर अक्सिजन आपूर्ति हुने व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन गरेको छ ।