काठमाडौँ । राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले नेपाल संवत् ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वा:को शालिकमा माल्यार्पण गरे ।
कार्यक्रममा शंखधर साख्वा:को योगदानको स्मरण गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो ।
नेपाल संवत् नेपालको मौलिक संवत् हो । राष्ट्रिय विभूति शंखधर साख्वा:ले ऋणमा डुबेका जनताको ऋणमोचन गरी नयाँ संवत् चलाएको जनविश्वास छ ।





