काठमाडौँ । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यस्थित गभर्नर हाउस आइतबार सर्वसाधारणका लागि खुला गरिएको छ ।
ऐतिहासिक वास्तुकला र सांस्कृतिक सम्पदाको अवलोकन गर्न इच्छुक एडिलेडका स्थानीय बासिन्दा तथा आगन्तुकहरूले गभर्नर हाउसको भ्रमण गरेका थिए । यस अवसरमा गभर्नर हाउसको प्राङ्गणमा विभिन्न सार्वजनिक गतिविधि आयोजना गरिएको थियो ।
ती गतिविधिले परिसरलाई सामुदायिक भेटघाट र मनोरञ्जनको आकर्षक स्थलका रूपमा रूपान्तरण गरेको थियो । दक्षिण अस्ट्रेलियाका गभर्नरको आधिकारिक निवासका रूपमा रहेको उक्त भवनले आगामी डिसेम्बर ९ देखि नयाँ नेतृत्व पाउने भएको छ । पूर्व दक्षिण अस्ट्रेलिया प्रहरी आयुक्त ग्रान्ट स्टिभन्स राज्यको ३७औँ गभर्नरका रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।
यसअघि गभर्नर फ्रान्सिस एडम्सनले गत अक्टोबरमा आफ्नो कार्यकाल पूरा गरेका थिए ।





