२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

अ+ अ-

धरान । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको राईले बताए। एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनका लागि दुई लाख मात्रा खोप धरानमा आवश्यक पर्ने भएको भन्दै प्रमुख राईले स्वीकृति प्रदान गर्न माग गरिएको उल्लेख गए ।

धरानमा रहेका सरकारी कर्मचारी तथा ज्येष्ठ नागरिकले भने प्रायः खोप लगाइसकेका छन् । धरानमा कोरोनाको दोस्रो भेरियन्ट आएयता एक हजार ६८६ जनामा सङ्क्रमण देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाइसकेको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।