६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलको सहयोग

अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित नौ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ ।

काउन्सिलको मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गतेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर÷आइसियुमा उपचाररत छ पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका तीन पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले तत्कालका लागि जनही रु। २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो ।

भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम (जेठ १६ गते निधन भएको) र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसीयुमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौँका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिए ।

भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ ।

यसअघि कोभिड–१९ को असरबाट प्रभावित ४५ जना पत्रकारलाई लेखनवृद्धि एवं इन्टरनेट सुविधावापत सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस