१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

अ+ अ-

बैंकक । कोरोना भाइरस (कोभिड–१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।

खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने अभियान सोमबारदेखि थालेको छ । तर चाहेजति उत्पादन नहुँदा देशका विभिन्न स्थानमा खोप अभियानमा असर परेको अधिकारीहरुले बताएका छन् ।

देशका विभिन्न अस्पताल र खोप केन्द्रहरुले सूचना प्रकाशन गरी सर्वसाधारणलाई खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएका छन् ।

थाइल्यान्डमा सियाम बायोसाइन्सले अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको हो । सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ ।

थाई प्रधानमन्त्री प्रयुथ चान–ओचाले सोमबार संवाददाताहरुसँग कुरा गर्दै योजना बमोजिम नै खोप आपूर्ति हुने बताए । उनले राजधानी बैंककस्थित एउटा रङ्गशालामा व्यवस्था गरिएको खोप केन्द्रको निरीक्षणका क्रममा यस्तो बताएका हुन् ।

प्रयुथको सरकारमाथि पर्याप्त खोप समयमै व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । कतिपयले सियाम बायोसाइन्समा बढी निर्भर भएका कारण सर्वसाधारणले समयमै खोप प्राप्त गर्न नसकिएको पनि बताएका छन् । सियाम बायोसाइन्सको स्वामित्व राजपरिवारका सदस्यको रहेको र खोप उत्पादनमा यसको पूर्व अनुभव नरहेको भन्दै चर्को आलोचना हुने गरेको छ ।

प्रधानमन्त्री प्रयुथले स्वास्थ्य मन्त्रालयले हरेक प्रान्तमा सोमबारदेखि नै खोप अभियान सुचारु हुने जानकारी गराएको बताए । हरेक क्षेत्रमा कोभिड–१९ को संक्रमणका आधारमा खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।

थाइल्यान्डमा सन् २०२० को जनवरी यतादेखि हालसम्म एक लाख ८० हजारमा कोरोना संक्रमण देखिएको छ भने एक हजार २६९ जनाको ज्यान गएको छ । सरकारले यसै वर्षको अन्त्यसम्ममा ७० प्रतिशत जनतालाई खोप दिइसक्ने लक्ष्य लिएको छ ।

सोमबारसम्ममा थाइल्यान्डमा ४२ लाख २० हजार डोज खोप दिइएको छ । थाइल्यान्डको कूल जनसंख्या सात करोडमध्ये खोप पाएको जनसंख्या करिब ४ प्रतिशत हो ।

थाइल्यान्डमा हालसम्म चीनमा निर्मित सिनोभ्याक खोप प्रयोग गरिएको छ । अब अस्ट्राजेनिका पनि प्रयोगमा आउने छ भने थाई सरकारले फाइजर र जोन्सनका खोप पनि भित्र्याउने योजना अघि सारेको छ ।

चीनले हालसम्म थाइल्यान्डलाई ६५ लाख डोज सिनोभ्याक खोप उपलब्ध गराएको छ । शनिबार पनि पाँच लाख डोज सिनोभ्याक खोप थाइल्यान्ड आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस