२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेवाङका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पुर्याइने भएको छ । यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने लक्ष्यसाथ फेदीखोला खानेपानी आयोजनाको काम थालिएको छ ।

डेढ महिना अघिबाट उक्त आयोजनाको निर्माण शुरु भएको हो । करिब १२ करोडमा आयोजना सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । उनका अनुसार हाल सम्ममा तीन मुहानका लागि ट्याङ्की निर्माण सकिन लागेका छन् भने अन्य मुहान व्यवस्थापनको कार्य तत्काल अघि बढाइने छ ।

‘बीचमा कुनै अवरोध नभए आगामी तीन वर्षमा काम सक्ने छौँ, यस आयोजनाबाट यहाँका प्रत्येक घर परिवार लाभान्वित हुनेछन्’, अध्यक्ष अधिकारीले भने । सङघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट उक्त आयोजना सञ्चालन भएको अधिकारीले बताए ।

खेवाङमा करिब साढे ४ सय घर परिवार छन् । पछिल्लो समय विभिन्न मुहानहरु सुक्दै गएकाले कतिपय क्षेत्रमा खानेपानीको समस्या सिर्जना हुँदै गएको स्थानीयले बताए । यस अघिका विभिन्न योजनाबाट खानेपानीको व्यवस्थापन भए पनि प्रयोग गरिएका मुहानहरु सुक्दै गएकाले समस्या हुन थालेको हो । आयोजनाको काम शुरु भएसँगै स्थानीयबासी हर्षित भएका छन् । आयोजना सम्पन्न भए धारा, कुवाबाट पानी बोक्नु पर्ने जस्ता बाध्यता हट्ने स्थानीयको विश्वास छ ।