२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय कविता महोत्सव २०७८ : कविता राईकाे ‘देशको नक्सा’ प्रथम

अ+ अ-

काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राईकाे ‘देशको नक्सा’ कविता प्रथम भएकाे छ ।

नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृतिकाे ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दकाे ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालकाे’आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालकाे’बोधिसत्त्वको खोप’ किवता तृतीय भए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ ।

कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए ।

कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनुपर्ने बताए। प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए।