२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली काँग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराएको छ ।

समितिका तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरे।

पोखरा–१७ गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिजफल खोला (फेवा बाँधदेखि डेभिजफल हुँदै फुस्रेखोलासम्म) को नयाँ मापदण्ड हटाई तीन मिटर मापदण्ड कायम गराउन, डेभिजफल (पातलेछाँगो) हालसम्म छोरेपाटन माविले भोगचलन, आयआर्जन गरिआएकोमा सोको बिना शर्त निरन्तरता कायम राख्ने विषय ध्यानाकर्षणपत्रमा उल्लेख छ।

पोखरा महानगरपालिकाले डेविजफललगायत अन्यलाई आफ्नै अनुमानको आधारमा सेती नदीको मापदण्डअनुसार कायम गर्नु आपत्तिजनक रहेको ध्यानाकर्षणपत्रमा भनिएको छ । गुप्तेश्वर गुफाको मध्य भागबाट २०० मिटर मापदण्ड कायम गरेको धेरै समय पहिलादेखि नै महानगरपालिकाले नै नक्सा स्वीकृत गरी भवन निर्माण गर्न अनुमति दिएकामा हालको मापदण्डले चारैतिर रोक्का हुँदा स्थानीयवासी समस्यामा परेको जनाइएको छ ।

सामान्य र नियन्त्रितरूपमा बहाव रहेको डेभिजफल खोलालाई पनि ३० मिटरको मापदण्ड भनिएकोमा सो मापदण्ड आवश्यक नभएकोले तीन मिटर कायम गर्न समितिले अनुरोध गरेको छ । डेभिजफल पर्यटकीय क्षेत्र भएकाले आकर्षक र रमणीय बनाउनुपर्नेमा विभिन्न बहानामा टेण्डर गराउन नपाइने उल्लेख गर्दै ध्यानाकर्षणपत्रमा भोगाधिकार प्राप्त संस्था छोरेपाटन माविलाई नै निरन्तरता दिनुपर्ने माग गरिएको छ । मुख्यमन्त्री पोखरेलले उठाइएका विषयलाई गम्भीरताका साथ लिँदै समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे ।