२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा प्रशिक्षक नियुक्त

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भगवती राना मगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको हो ।

उनीहरुलाई एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारी सम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

गोलकिपर प्रशिक्षकको जिम्मेवारी भने प्रकाश वैद्यलाई दिइएको छ । बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ । उनीहरुले सोमबारदेखि अभ्यास सुरु गरेका छन् । बन्द प्रशिक्षणमा अञ्जना राना मगर, एन्जिला सुब्बा, उषानाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत र अनिता केसी सहभागी छन् ।

यस्तै गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हीरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई पनि बन्द प्रशिक्षणमा रहेका छन् ।

यसै गरी अभ्यासमा सहभागी अन्य खेलाडीमा विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई रहेका छन् ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्ने छ ।