काठमाडौँ। नेपाल प्रहरीले रिक्त प्रहरी सहायक निरीक्षक (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका पछि प्रकाशन गर्ने जनाएको छ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखाको भर्ती छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै परीक्षा तालिका पछि प्रकाशन गरिने जानकारी दिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयबाट २०८३ भदौ २ गते प्रकाशित विज्ञापन नम्बर ०१ (०८३/८४) अनुसार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो।
उक्त विज्ञापनअनुसार अनलाइन दरखास्त दिई आवेदन स्वीकृत भएका उम्मेदवारको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ।






