२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान

अ+ अ-

झापा । समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ ।

बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना विद्यार्थीलाई अनलाइनबाट पढाउन क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई डिजिटल प्रविधियुक्त बनाइएको छ । शिक्षक तथा विद्यार्थी भर्चुअल पठनपाठनमा अभ्यस्त हुन थालेका छन् ।

मेचीनगर–६ काँकडभिट्टामा रहेको यस क्याम्पसमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । भौतिक कक्षा सम्भव नहुने भएपछि क्याम्पसले पठनपाठन कार्यलाई सम्पूर्णरुपमा डिजिटल प्रविधिमा रुपान्तरण गरेको क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताए ।

गत महिनादेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पसले पहिलो चरणमा क्याम्पस र शिक्षक समूहलाई प्रविधिमैत्री बनाउन पहल गर्‍यो। यस क्रममा क्याम्पसमा ई–लाइब्रेरी, प्रोजेक्टर, इ–हाजिरी, इन्टरनेट, नेटवर्किङ, सिसी क्यामेरा, चेन्जिङ रुम र प्राथमिक स्वास्थ्य उपचार कक्षको व्यवस्थापन गरेको क्याम्पस प्रमुख उप्रेतीले बताए ।

‘कोरोना सङ्क्रमणको जोखिमका कारण भौतिक कक्षा चलाउन सम्भव भएन, पढाइ पनि रोक्नु हुँदैनथ्यो’, क्याम्पस प्रमुख उप्रेतीले भने, ‘त्यस कारण हामीले क्याम्पसलाई पुरै ‘डिजिटलाइज्ड’ स्वरुपमा लैजाने काम गर्‍यौँ ।’ हाल शिक्षकहरुले क्याम्पस र घर दुवै स्थानबाट अनलाइन कक्षा चलाउन थालिसकेको र त्यसबाट विद्यार्थी लाभान्वित भएको उनको भनाइ छ ।

क्याम्पसले अनलाइन कक्षा सहजिकरणमा मद्दत पुर्याउन लागत साझेदारीमा १५ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । ल्यापटप खरिदमा क्याम्पसले शिक्षकहरुलाई जनही रु ३० हजार अनुदान दिएको छ । ल्यापटप किन्न अरु खर्च शिक्षक आफैँले व्यहोरेका छन् ।

ल्यापटप किनेका शिक्षकलाई भर्चुअल कक्षा सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ भने जुमको अर्जिनल भर्सन पनि खरिद गरेको छ । प्रविधि प्रयोगमा सहजिकरणका लागि एक जना प्राविधिक विज्ञसमेत क्याम्पसले नियुक्त गरिसकेको छ ।

हाल हरेक बिहान ६ः३० बजेदेखि साढे १० बजेसम्म जुम प्रविधिबाट अनलाइन कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले भौतिक कक्षामाभन्दा बढी सजिलो र लाभदायक अनुभूति गरेका बताएका छन् ।

कतिपय क्याम्पसहरुमा पढाई नभई परीक्षामा सामेल हुनुपरेको गुनासो आउने गरेका बेला काँकडभिट्टा बहुमुखी क्याम्पसले अनलाइन पढाउन तालिम र ल्यापटपसमेत दिएर शिक्षकहरुको हौसला बढाएको शिक्षक चक्र बानियाँले बताए ।

क्याम्पसका प्रविधि विज्ञ सुजन प्रधानका अनुसार पठनपाठनका लागि शिक्षक तथा विद्यार्थी दुवै पक्षलाई सुविधाजनक होस् भनेर जुमको नयाँ फिचर ‘रुम ब्रेक आउट टेक्नोलोजी’ अवलम्बन गरिएको बताए ।

यो प्रणालीअनुसार कक्षा सञ्चालन हुनु अघि शिक्षक तथा विद्यार्थी प्रतीक्षा कक्ष (वेइटिङ रुम) मा जुममार्फत प्रवेश गर्छन् । त्यसपछि प्रविधि संयोजनकर्ताले विषयअनुसार शिक्षक र विद्यार्थीलाई अलग अलग भर्चुअल कक्षामा लैजान्छन् ।

क्याम्पसमा हाल बीबीएस र बीएडको कक्षा सञ्चालन भइरहेको छ । अहिलेको प्रविधि सिकाइलाई भविष्यमा भौतिक कक्षा सञ्चालनका बेला स्मार्ट कक्षामा रुपान्तरण गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख उप्रेतीको भनाइ छ ।

‘कुनै दिन कोरोना महामारी सकिएला, त्यस बेला हामी फेरि भौतिक कक्षामा फर्किनेछौँ,’ क्याम्पसको भावी योजना सुनाउँदै उप्रेती भन्छन्–’त्यस बेला हाम्रा शिक्षकहरु कक्षाकोठामा जाँदा चक र डस्टर बोकेर जानुहुने छैन । ल्यापटप बोकेर पढाउने प्रविधिमा हामी पोख्त भइसकेका हुनेछौँ ।’

क्याम्पसले हाल सञ्चालनमा ल्याएको इ–लाइब्रेरीमा ४० वटा कम्प्युटर पुर्याउने र हरेक कक्षाकोठामा स्मार्ट बोर्ड राख्ने लक्ष्य लिएको छ । सामुदायिक क्याम्पस भएकाले मेचीनगर नगरपालिकाले वार्षिक रु पाँच लाख र विश्वविद्यालय अनुदान आयोगले वार्षिक रु सात लाख ५० हजार अनुदान दिने गरेको छ । यसबाहेक समुदायबाट समेत क्याम्पसले सहयोग लिने गरेको छ ।

कोरोनाको महामारीले उत्पन्न गरेको विषम परिस्थितिको अन्त्य कहिले हुने निश्चित नभएको अवस्थामा क्याम्पसको पठनपाठन प्रक्रियालाई अघि बढाउन अझै थुप्रै योजना क्याम्पससँग रहेको र आर्थिक स्रोत जुटाउने प्रयास भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताए।