२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ

अ+ अ-

लन्डन । अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोन वार्ता गरेका छन् ।

उनीहरुबीच मंगलबार फोन वार्ता भएको बेलायतका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनीहरुकाबीचमा हालै अफगानिस्तानबाट अमेरिकीसहित नेटो सेना फर्किएको विषय र त्यसपछि तालिबानीले अफगानिस्तान कब्जा गरेको विषयमा कुराकानी भएको थियो ।

सो क्रममा उनीहरुले एक आपसमा उक्त अप्ठेरो परिस्थितिमा अफगानिस्तानबाट आफ्ना नागरिक स्वदेश फिर्ता गर्नका लागि गरेको सहायताप्रति धन्यवाद पनि दिएका थिए ।

उनीहरुले फोन वार्ताका क्रममा अबका दिनमा अफगानिस्तानका विषयमा आफू कसरी अघि बढ्ने भन्ने बारेमा पनि कुराकानी गरेको बताइएको छ ।

आगामी दिनमा अफगानिस्तानमा तालिबानले सत्ता सञ्चालन गर्ने स्पष्ट भइसकेको भए पनि आगामी दिनमा अफगानिस्तानका विषयमा एक आपसमा मिलेर अघि बढ्ने विषयमा सहमति भएको पनि सो समाचारमा जनाइएको छ ।

उनीहरुले अफगानिस्तानबाट बाहिरिन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्त रुपमा सहायता प्रदान गर्ने बताएका थिए ।

त्यसै गरी आगामी दिनमा अफगानिस्तानमा आउन सक्ने मानवीय सङ्कटको समाधानका लागि दुई देशले मिलेर काम गर्ने र विश्व समुदायलाई पनि यस विषयमा आवश्यक मात्रामा समन्वय गरेर अघि बढ्ने उनीहरुले बताएको सो समाचारमा जनाइएको छ ।