२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा रोजगारी आंशिक रुपमा खुला

अ+ अ-

काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने क्रम आंशिक रूपमा खुलेको छ ।

कोरिया र नेपाल सरकारले संयुक्त रूपमा तयार गरेको स्वास्थ्य मापदण्ड पूरा गरेका प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर)लाई आगामी कात्तिक १० गतेदेखि लैजाने भएको हो ।

प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित तीन वर्षदेखि चार वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिक हुन् ।

कोरियामा एकै कम्पनीमा चार वर्ष १० महिना काम गरेर फर्केका ११९ प्रतिबद्ध श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नामावलीसमेत सार्वजनिक गरेको छ ।

शाखाका अनुसार तयारीमा रहेका ११९ श्रमिकमध्ये अधिकांश २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल आएका प्रतिबद्ध श्रमिक छन् ।

ईपीएस शाखाका निर्देशक सुरेश राउतले भिसा आएका प्रतिबद्ध श्रमिकमध्ये आगामी कात्तिक १० गते ५० जनाको काठमाडौँबाट कोरिया सीधै उडान हुने जानकारी दिए । यसैगरी बाँकी रहेका ६७ जनाको लगत्तै एक सातामा उडान हुने पनि उनले जानकारी दिए ।

नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियाली पक्षले राखेको कोरोना बीमा, पीसीआर परीक्षण, सीधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्ने लगायतका मापदण्ड पूरा गरेका सर्त पूरा भएपछि नेपाली श्रमिक जाने बाटो खुलेको जानकारी दिँदै निर्देशक राउतले कोरोना सङ्क्रमणबीच पनि १६ श्रमिक स्रोत देशमध्ये कम्बोडिया, थाइल्यान्ड, श्रीलङ्कापछि नेपालबाट कोरियाले श्रमिक माग गरेको छ ।

हाल कोरिया प्रवेशका लागि भिसा प्रक्रियामा रहेका ११९ श्रमिकलाई पठाएपछि नियमित रूपमा प्राथमिकताका आधार अन्य नयाँ श्रमिकलाई समेत पठाउने तयारी भएको शाखाले जनाएको छ ।

कोरियाले कडा सर्त राखेर कोरोना सङ्क्रमणबीच श्रमिक माग गरेको भए पनि यसरी जाने कोही श्रमिकमा कोरिया पुगेपछि कोरोना सङ्क्रमण देखिए सम्पूर्ण प्रक्रिया पुनः रोकिन सक्नेमा सचेत हुन कोरियाली पक्षले नेपालसँग आग्रह गरेको छ ।

लामो समय रोकिएर पुनः सुचारु भएको कोरियाको रोजगारीलाई नियमित गर्ने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस शाखाले कडाइसाथ परीक्षण र प्रक्रिया अघि बढाउने भएको छ ।

यसलाई नियमित गराएर हाल कोरिया जाने तयारीमा त्यहाँका रोजगारदातासँग श्रम सम्झौता गरेर रोकिएका १० हजार श्रमिकलाई पनि पठाउने गरी तयारी भइरहेको छ ।

विगत दुई वर्षदेखि तीन हजार कमिटेड वर्कर र सात हजार नयाँ श्रमिक गरी १० हजार युवा रोकिएको कोरियाको रोजगारी सुचारु हुने आशामा बसेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारणले विगतमा लकडाउन भई अन्तर्राष्ट्रिय उडानसमेत बन्द भएकाले दक्षिण कोरियामा नियमित तथा कमिटेड श्रमिकको उडान प्रक्रिया रोकिएको थियो ।

ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजारभन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । तीमध्ये ३५ हजारको हाराहारीमा नेपाली युवा कोरियामा कार्यरत छन् ।

नेपाली श्रमिक कर्तव्यनिष्ठ, इमानदार र लगनशील भएकाले कोरियन रोजगारदाताको छनोटमा उच्च प्राथमिकतामा पर्ने गरेका कारण पनि कोरियन पक्ष नेपाली श्रमिक लैजाने सम्बन्धमा सकारात्मक भएको हो ।