२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउँछौँ : मन्त्री आलेमगर

अ+ अ-

कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन् ।

आज महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उनले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताए । ‘विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ’, उनले भने,’दक्षिणतर्फको ५०० मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्छौं ।’

बन्द विमानस्थल सञ्चालन गर्नका लागि रु ५३ करोड ६० लाख बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले बोलपत्र आह्वान (टेण्डर)को कार्य पूरा भएको बताए । ‘बोलपत्र आह्वान भइसकेको छ’, उनले भने,’काठमाडौँ फर्केलगत्तै सम्झौता गर्छौं । काम सुरु हुन्छ ।’ उनले कैलालीको गेटा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि समेत कार्य अगाडि बढाइएको बताए ।

बजेटका कारण विमानस्थलसम्बन्धी कार्य अगाडि बढ्न नसकेको उल्लेख गर्दै उनले बजेट चाँडै स्वीकृत भएपछि कार्य सुरु हुने बताए । आरक्ष पीडितको समस्या समाधानका लागि कार्य अगाडि बढाइने मन्त्री आलेमगरको भनाइ थियो ।