२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी र पहिरोको पीडा : के खाने भन्ने चिन्ता थपियो

अ+ अ-

डोटी । यहाँका किसानलाई बाढी–पहिरोले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ । बाढीले के कति क्षति पुर्‍यायो भन्ने आँकलनसम्म गर्न सकिएको छैन ।

पानीले ढुवाएका धान उम्रिन थालेको दिपायल सिलगढी नगरपालिका–४ का किसान सुरज विकले जानकारी दिए । वर्षाले परालसमेत झिजाएकाले गाई, भैँसीलाई समेत उक्त पराल खुवाउन नसकिने अवस्थामा रहेको उनको भनाइ छ । खेतमा भिजेका परालमा समेत ढुसी लागेकाले वस्तुभाउलाई खुवाउन नमिल्ने अवस्थामा भएको शिखर नगरपालिका–२ का रतन कामीले बताए ।

उक्त वर्षासँगै बाढी–पहिराका कारण जिल्लामा कम्तीमा पनि रु एक करोड मूल्य बराबरको कृषि खेतीमा मात्रै क्षति पुगेको कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ ।

केन्द्रका अनुसार समथर अर्थात् मैदान क्षेत्र रहेका यहाँका कतिपय ठाउँका खेतमा अझै पानी नसुकेको र पानी निकास नहुँदा काटिएका धानसमेत डुबानमै परेका छन् । पाकेर भित्र्याउने अवस्थामा रहेको धानबाली वर्षासँगैको बाढीले नष्ट गरेपछि यस वर्ष जिल्लामा ठुलो भोकमरी हुने जनाउँदै किसान चिन्तित बनेका छन् ।

वर्षाले धानलाई झार्नुका साथै बोटसमेत ढालेर बगाएका कारण पशु चौपायालाई समेत के खुवाउने भन्ने चिन्ता थपिएको जोरायल–४ का पदमबहादुर बोहराले बताए । उनले भने, ‘हामी त मागेर वा केही काम गरी पेट पालौँला, तर पालिएका पशु चौपायालाई हिउँदभरि के खुवाउने अब मङ्सिरबाट हिउँ पर्छ झन् समस्या ।’

बाढी–पहिराले बगाएका यहाँका अधिकांश ठाउँका सडक अझै खुलाउन सकिएको छैन । कतिपय ठाउँमा नयाँ सडक निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएका कारण सडक सञ्चालन गराउनका लागि निकै समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय दिपायल कुलपातेले जनाएको छ ।

जिल्ला जोड्ने डा केआइसिंह राजमार्ग केही दिन पहिले सञ्चालन गरिए पनि अन्य नौ स्थानीय तहमा निर्माण भएका शाखा सडक सञ्चालन हुन नसकेका कारण नागरिकलाई आवतजावत गर्नदेखि राहत पुर्‍याउनका लागि पनि कठिन भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उनले भने, ‘बाढी–पहिराले पानीका मुहान दूषित भएका छन्, अब विभिन्न सरुवा रोग फैलिन सक्ने भएकाले औषधि ढुवानीदेखि खाद्यान्न राहतसम्म पुर्‍याउन बाटो बनाउन सकिएको छैन, हामी कोसिसमै छौँ ।’

जिल्ला विपद् व्यवस्थापन समितिको तत्थ्याङ्कानुसार यस पटकको वर्षासँगैको बाढीपहिराले जिल्लामा करोडौँको धनजन क्षति पुर्‍याएको छ भने बाढीपहिरामा परी १५ जनाले ज्यान गुमाएका छन् । यसै गरी वर्षातकै कारण एक बेपत्ता भएका छन् भने सयौँ बढी घरपरिवार विस्थापित भएका छन् । वर्षातकै कारण जिल्लामा चार दिनदेखि विद्युत् तथा फोन सेवा पूर्णरूपमा अवरुद्ध भएको छ ।

समयमै वर्षात् भएका कारण यस वर्ष सुदूरपश्चिममा राम्रो धानखेती हुने अनुमान गरिएको थियो । तर, अहिलेको वर्षाले धानबाली नष्ट गरेका कारण भोकमरी हुने सम्भावना प्रबल रहेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए ।