काठमाडौँ । सल्यानमा दाङ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको हो ।
बस सडकबाट २०० मिटर तल खसेको छ । दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर बुझिएको छ ।