२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी-तातोपानी सडक खण्डको निर्माण धमाधम

अ+ अ-

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ ।

सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन गत भदौमा काममा फर्किएका मुख्य ठेकेदारले अहिले कामलाई तीव्र बनाएका हुन् ।

समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले बेनीदेखि तातोपानीसम्म सात ठाउँमा मजदूर र उपकरण परिचालन गरिएको बताए ।

उपकरण र मजदूरको सङ्ख्या बढाएर फरकफरक ठाउँमा परिचालन गरिएको उनको भनाइ छ । ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको बताए । उनले नदीजन्य वस्तुको अभाव भएको बताउँदै बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको छ भने ।

बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्र गर्ने ठेक्का लिएर अलपत्र पारेकाले लामा निर्माण कम्पनीका सञ्चालक जिपछिरिङ लामाको तस्बिर सडकमा झुण्ड्याएर स्थानीयवासीले हालै विरोध जनाएका थिए । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकको २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । यो सडकखण्डमा हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले पछिल्लो पटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको बताए।

चौथो पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाइफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिराले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । बेनी–तातोपानी खण्डको सडक बिस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम सुरु गरेको ठेकेदार कम्पनीका व्यवस्थापक सदाले बताए । बेनी–तातोपानी खण्डमा कालोपत्र र तातोपानी-सिम खण्डमा बिस्तार, पर्खाल र नाली निर्माण सुरु गर्ने उनले बताए ।

तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरबाङसम्म आठ किलोमिटरखण्ड सडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिरुवा–क्याराभान काममा फर्किएको छैन । प्रतिनिधि सोमनाथ गौचन सम्पर्कबिहीन छन् । मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भए पनि बजेटको स्रोत सुनिश्चित नभएका कारण सम्झौता हुन सकेको छैन ।