२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई पक्षीय हवाई सम्झौता गर्न रुवान्डा राजदूत मुकाङ्गीराको प्रस्ताव

अ+ अ-

काठमाडौँ । रुवान्डाको गैर आवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवान्डाबिच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेकी छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबिच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गरेकी हुन् ।

भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवान्डाबिच हवाई सम्झौता गरिए पर्यटन प्रवर्द्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘रुवान्डाका पर्यटक भित्र्याउनका लागि भए पनि नेपाल र रुवान्डाबिच हवाई सम्झौता गर्न आवश्यक छ, यो सम्झौताले दुई देशको मित्रता पनि थप कायम हुनेछ ।’ सोही भेटका क्रममा राजदूत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुई पक्षीय सहयोग आदानप्रदान गर्न आग्रह गरिन् ।

राजदूत मुकाङ्गीराले राखेको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावका बारेमा मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताए ।

उनले भने, ‘दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्ताव हामीले सकारात्मक रुपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडि बढाउने छौँ ।’ उक्त शिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपाने तथा सहसचिव बुद्धिसागर लामिछानेको सहभागिता थियो ।