७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारी थाइल्यान्डमा

अ+ अ-

बैङ्कक । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा केहीबेर अघि थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल बैङ्ककमा अवतरण भएकी छन् ।

राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्याण्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोङ्गकाभेरोजले तथा थाइल्याण्डका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिहरुले भव्य स्वागत गरेका छन् ।

त्यसअघि विमानबाट ओर्लिएलगत्तै थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले उनलाई स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको नोभोटेल होटल गएकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्ने छन् ।

गतवर्ष असोज २७ गते निधन भएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यहीँ प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ ।

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा शुक्रबार साँझ थाइल्याण्डस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमणमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा. मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सञ्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस