११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछाप प्रहरीद्वारा २८ वर्षपछि फरार प्रतिवादी पक्राउ

अ+ अ-

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए ।

निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए ।

होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ ।

ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापको विसं २०५० फागुन १६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएका थापामगर हालसम्म फरार रहेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा मगरलाई आफ्नै घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

निजकी श्रीमतीले घरमै भएका श्रीमान् होमबहादुरका बारेमा विभिन्न झुक्यानमा पारी भगाउन खोज्दै गर्दा प्रहरीले खोजतलासको क्रममा घरको माथिल्लो तलामा डोकोभित्र लुकेर बसेको अवस्थामा फेला परेको हो । निज अभियुक्तलाई आजै जिल्ला अदालत पेस गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस