२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवस्था कार्यालय इलामद्वारा रु तीन करोड राजस्व सङ्कलन

अ+ अ-

इलाम । यातायात व्यवस्था कार्यालय इलामले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु दुई करोड ९९ लाख ७५ हजार ९५१ राजस्व सङ्कलन गरेको हो । 

चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि गएको कात्तिक २७ गतेबाट अनलाइन फारम सुरु भएको हो । त्यसयता बढी राजस्व सङ्कलन सुरु भएको कार्यालयले जनाएको छ । सवारीसाधन करतर्फ रु दुई करोड ४३ लाख ३८ हजार २०१ सङ्कलन भएको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।

त्यस्तै प्रशासनिक दण्ड जरिवानातर्फ रु १० हजार सङ्कलन भएको छ । यातायात क्षेत्रको आम्दानी, रुट पर्मिटबाट रु ६ लाख ३२ हजार ५० सङ्कलन भएको छ ।

चालक अनुमति पत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु ४९ लाख ९५ लाख ७०० सङ्कलन गरेको कार्यालयका लेखा प्रमुख प्रदीप नेपालले जानकारी दिए । उनका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरणलगायत समेत राजस्व सङ्कलन भएको छ ।

यातायातसम्बन्धी सम्पूर्ण सेवा सुरु भएसँगै राजस्व सङ्कलन बढ्ने जनाइएको छ । चालक अनुमति पत्र वितरणसँगै दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा लिइएको बताइएको छ । 

इलामबाट नै चालक अनुमति पत्र वितरण सुरु भएपछि अब बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयका लेखा प्रमुख नेपालले बताए । उनका अनुसार कार्यालयमा चालक अनुमति पत्रका लागि इलामसहित झापा, पाँचथर, ताप्लेजुङलगायतबाट समेत सेवाग्राही आउन थालेका छन् ।