१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ : गजुरेल

अ+ अ-

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी ) नेता सिपी गजुरेलले एमसिसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् ।

गजुरेलले एमसिसीका कारण सत्ता गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)ले आज (बुधबार) काठमाडौँमा गरेको कार्यक्रममा उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग असफल भइसकेको दाबीसमेत गरेका छन् ।

नेता गजुरेलले मुलुकको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो सङ्कटबाट मुलुकलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए।

‘अहिले एमसिसीको सङ्कट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा सङ्कट छ । व्यवस्थापिकामा सङ्कट छ । उनीहरु नै भन्छन् । हामीले मात्रै भनेको होइन, उनले भने, प्रतिक्रियावादीहरुको एउटा हिस्साले के भन्छ भने सङ्कटैसङ्कट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ । अर्थतन्त्र कोल्याप्स नै हुने भयो अब । आर्थिक सूचकाङ्क सबै नकारात्मक छन् ।’

नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस