२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसी पन्छाएर गठबन्धन जोगाउँदैनौ : मीन विश्वकर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले अमेरिका सहयोग परियोजना (एमसिसी) पन्छाएर गठबन्धन नजोगाउने बताएका छन् ।

आज (मंगलबार) सञ्चारमाध्यमसँगको कुराकानी नेता विश्वकर्माले राष्ट्रिय सरोकारका विषय एमसिसीलाई पन्छाएर गठबन्धन जोगाउन तर्फ काँग्रेसको चासो नरहने बताए ।

उनले राष्ट्रिय सरोकारको विषय एमसिसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरूलाई नपत्याउने बताए ।

‘हामी गठबन्धनलाई साथसाथै लिएर राष्ट्रिय सरोकारका मुद्दाहरूलाई टुङ्गोमा पुर्‍याउन चाहन्छौँ,’ उनले भने, ‘कथम् कदाचित यी मुद्दाहरूलाई पन्छाएर गठबन्धन जोगाऔँ भन्यो भने हाम्रो त्यतातिर खासै चासो रहँदैन, त्यो अवस्थामा एक्लैले सरकार नबनेपछि निर्वाचन अगाडि आउँछ ।’

मुलुकलाई कुनै न कुनै गठबन्धनबाट भए पनि निकास दिनुपर्ने अवस्थाको बारेमा पनि आफूहरूले सोचेको उनको भनाइ छ ।

‘त्यसैले कुनै न कुनै गठबन्धनबाट भए पनि मुलुकको राजनीतिलाई निकास दिनुपर्छ,’ उनले भने, ‘मुलुकका राष्ट्रिय सरोकारका विषयहरुलाई निकास दिनुपर्छ । हामी त्यो बारेमा पनि सोच्दैछौं ।’

नेता विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्ने गरी एमसिसीको विषयलाई गिजोलिएको बताए । एमसिसी परियोजनासँग संलग्न राजनीतिक दलहरूले नै गलत प्रचारबाजी गरेर भ्रम सिर्जना गराएको उनको भनाइ छ ।

‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो,’ उनले भने, ‘आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमती र फरक–फरक विचारधारा प्रस्तुत गरेर राष्ट्रिय राजनीतिको परिधिभित्र मात्रै छु भन्ने महसुस गरी अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत पनि अप्ठ्यारो पार्ने गरी जसरी यो विषय गिजोलियो, यो विषयलाई यसरी गिजोल्नु हुँदैन थियो ।’

एमसिसीको विषयमा छरिएका भ्रम र प्रचारबाजीले मुलुकको अन्तर्राष्ट्रिय अनुहारलाई पनि धमिल्याउने काम भएको र यो दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

नेता विश्वकर्माले नेपाली काँग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्बद्ध दलहरू पनि सन्तुष्ट रहेको बताए । निर्वाचनलाई शतप्रतिशत निष्पक्ष बनाउन काँग्रेसले प्रयत्न गर्ने उनको भनाइ छ ।