२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्नेचौरको तोरीबारी घुम्न खुला

अ+ अ-

गलेश्वर । पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ ।

म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्ने गरेको छ ।

उत्तरपट्टी चाँदी झैँ टल्केका धवलागिरि हिमशृङ्खला, पश्चिमबाट पूर्वतर्फ लमतन्न फैलिएको समथर फाँट, फाँटैभरी गहुँको हरियाली र पहेँलै फुलेको तोरीको मिश्रणले आकर्षक लाग्ने दृश्यका कारण फाँटकोबीच भागमा पिच गरिएको पक्की सडकमा तस्बिर खिच्न र टिकटक बनाउन व्यस्त युवायुवती तथा वयस्कहरुको भीडले रत्नेचौरको रौनक बढाएको हो ।

तोरीबारीमा घुम्न गएका धेरैजसो युवती फाँटको पहेँलपुर तोरीबारीमा मखमलीको चोलो तथा पोलिस्टरका गुन्यूँ, पटुका, गरगहना, बाला, माडबारी, तिलहरी, औँठी, चुराजस्ता जनजातिको संस्कृति र वेषभूषा झल्किने पोसाकमा सजिएर तस्बिर लिने गरेका छन् ।

रत्नेचौरको फाँटमा सयौँ तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैद गर्नाका लागि रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोसाक भाडामा दिएर एक महिनामै करिब रु ६० हजार आम्दानी गरेको छ ।

सहकारीले आफ्नो सहकारीको साधारण सभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमका लागि रु ३० हजारमा १० सेट त्यस्ता गहना र पोसाक खरिद गरेको सहकारीका सचिव सुलोचना केसीले बताइन् । ‘तोरीबारीले मगर समुदायको वेषभूषाको पनि प्रचारप्रसार भयो र सङ्कलित रकमलाई जातीय पोसाक प्रवर्द्धनमै खर्च गछौं’, उनले भनिन् ।

रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोसाक प्रयोग गर्ने स्थानीयवासीलाई रु १०० र बाहिरबाट आउनेलाई रु २०० लिने गरेको छ । रत्नेचौरलाई कृषिको हब बनाउन स्थानीय युवा अग्रसर भएका छन् ।

कृषि पर्यटनको प्रचुर सम्भावना रहेको त्यस स्थानको विकासका लागि अग्रसर भएका स्थानीय युवा तथा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीका अनुसार जगतगुरु हिमालयन बाबाको योजना अनुसार रत्नेचौरमा निर्माण हुन लागेको पार्कलाई रत्नपार्क नामकरण गरेर त्यहाँ पृथ्वी आकारको भ्यु टावरको काम अगाडि बढाउने योजना रहेको छ ।

सम्बन्धित समाचार : म्याग्दीको भाइरल बनेको तोरीबारीमा घुम्न जान रोक , प्रहरी परिचालन