२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ महिनामा दुई लाख लाइसेन्स प्रिन्ट

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले डेढ महिनामा जम्मा दुई लाख चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेको छ ।

पुस दोस्रो साताबाट प्रिन्ट थालिए पनि अझै सबै लाइसेन्स प्रिन्ट भइसकेको छैन ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार अझै करिब ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । ‘अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको छ,’ भुसालले भने, ‘प्रिन्ट भएको लाइसेन्स सम्बन्धित कार्यालयमा पठाउने काम पनि जारी छ ।’ सन् २०२१ भित्र जारी गरिएका लाइसेन्स प्रिन्ट गरेर सकिसकेको विभागको दाबी छ ।

उपत्यका बाहिर झापा, सुनसरी, जनकपुर र सगरमाथामा लाइसेन्स प्रिन्ट गरेर पठाउने काम भइरहेको विभागले जनाएको छ ।

अहिले तीन सिफ्टमा नियमित लाइसेन्स प्रिन्ट हुने गरेको छ । दिउँसोको सिफ्टमा अति जरुरी कार्ड प्रिन्ट गर्ने गरिएको छ ।

बिहान ७ देखि ११ बजेसम्म नियमित कार्ड छापिन्छ । र, त्यसपछि ११ देखि ३ बजेसम्म अति जरुरी भएका कार्ड छाप्ने गरिएको विभागले जनाएको छ । बेलुका १० बजेसम्म र त्यसपछि भोलिपल्ट बिहान ७ बजेसम्म नियमित कार्ड छाप्ने गरिएको छ ।

काठमाडौँका ४ वटा यातायात व्यवस्था कार्यालयमा प्रिन्ट भएको लाइसेन्स पठाइसकिएको छ । फ्रेन्च कम्पनी सेल्पले १४ करोड ८६ लाख रुपैयाँमा कार्ड सप्लाइको ठेक्का लिए पनि कार्ड सप्लाईमा ढिलाइ गर्दा सेवाग्राही लामो समयदेखि लाइसेन्सको पर्खाइमा छन् । विभागले २०७२ सालबाट स्मार्ट लाइसेन्स वितरण थालेको हो ।

१ वर्ष पहिले नै आवेदन दिएकाहरूको बल्ल परीक्षा दिने पालो आएको छ । हाल अनलाइन फारमको नयाँ डिजाइन भइरहेको विभागले जनायो । एक वर्षअघि अनलाइन आवेदन दिएकाहरूले बल्ल लाइसेन्स परीक्षा दिन थालेका छन् । सहज रूपमा लाइसेन्स पाउन अझै एक वर्ष लाग्ने विभागले जनाएको छ ।