काठमाडौँ । पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।