१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डको स्वीकारोक्ति : गुटबन्दीमा हरायौँ, परिवर्तनको संवाहक बन्न सकेनौँ

अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् ।

बुधवार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासङ्घको कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रामक ढङ्गले प्रचार हुन नसकेको बताए ।

“परिवर्तनको प्रमुख संवाहक माओवादी हो । तर, आक्रामक ढंंगले समाजमा स्थापित गर्न हामीले सकेनौँ । हामीभित्रको भएको अन्तर्विरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न सकेका छैनौँ,” उनले भने ।

उनले पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसायी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई सहभागी गराइने पनि बताए ।

“महत्त्वपूर्ण र क्षमतावान् व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता विश्वभरि छ । हाम्रो पार्टीले त्यसरी आत्मासात् गर्न सकेको छैन, उनले भने, “विधानमा केही संशोधन गरिएको छ । केन्द्रमा प्रतिनिधित्व नयाँ ढङ्गले गराइन्छ ।”

माओवादी बिचौलियाको रोल खेल्ने अर्थतन्त्रको विकास गर्ने पक्षमा नरहेको उनले उल्लेख गरे । उद्योग, व्यवसायको विकास गरेर रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको भन्दै उनले समाज विकासको नयाँ मोडेल खोज्नुपर्नेमा जोड दिए ।

राष्ट्रमा भएका साधन–स्रोतको अधिकतम सदुपयोग गर्न उद्योग, व्यवसायको विकास गर्न जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस