२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोलाहिटी–लेले सडक अझै पनि चैतमा नसकिने

अ+ अ-

काठमाडौँ । विस्तारका क्रममा रहेको ललितपुरको ढोलाहिटी–लेले सडक चैतसम्ममा पनि नसकिने देखिएको छ । अन्तिम पटक कोभिडका कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भए पनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा अझै निर्माण पूरा नहुने देखिन्छ ।

केही दिन पहिले मात्रै सुनाकोठही सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिले सडकमा प्रदर्शन गरेका थिए । सडकका विभिन्न खण्डमा सडक खाल्डाखुल्डी हुँदा यातायात आवागमन असजिलो भएको भन्दै स्थानीयवासीले पटक–पटक चाँडो निर्माण गर्न माग गर्दै आएका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजना स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको बताएका छन् भने स्थानीयवासीले आयोजनाले विभिन्न बहानामा ढिलाइ गरेको आरोप लगाएका छन् ।

सडककै कारण दैनिक जोखिमयुक्त यात्रा गर्न परिरहेको चापागाउँकी सुमित्रा अधिकारीले बताइन् । पछिल्लो चार–पाँच वर्षयता आफू पटक–पटक स्कुटरबाट लडेर घाइते भएको उनले बताइन् ।

सडकमा भइरहेको अवरोधका कारण गन्तव्यमा पुग्न धेरै पटक ढिलाइ भएको उनले सुनाइन् । अघिल्लो वर्ष सडक बन्न सुरु भएकाले अब सजिलो हुने आशा गरेकी उनी पुनः सडकको उही हालत देख्दा दिक्क भएकी छन् ।

उनले भनिन्, ‘अबको १०/१५ वर्षसम्म पनि सडक सुध्रेला जस्तो लागेन ।’ सडकमा निर्माणको काम गर्न पाउँदा निर्धारित अवधिमा काम सम्पन्न गर्न समस्या नभए पनि निर्माणस्थल खाली नहुँदा अझै लामो समय लाग्न सक्ने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । उनका अनुसार सडकको समस्या समाधानकै लागि जनप्रतिनिधिसँग पटक–पटक बैठक भए पनि त्यसले निष्कर्ष निकाल्न सकेको छैन ।

एक पटक सहमति भयो भनेर काम गर्ने भन्यो तर काम गर्न थालेपछि समस्या आउने गरेको उनले बताए । सुनाकोठीमा पहिले निर्माण भएको खण्डमा रोलर प्रयोग हुन नपाएकाले सम्पन्न नहुँदै कालोपत्र उप्केको थियो । अहिले पनि सो स्थानमा रोलर चलाउन स्थानीयवासीले अनुमति दिने अवस्था छैन । केही समय पहिले आयोजनाले रोलर नै चलाउन नपर्ने गरी ढलानको ठेक्का निकालेको प्रमुख ओझाले बताए ।

उनले भने, ‘पहिले सूचना निकाल्दा कसैले पनि आवेदन नदिएको पुनः सूचना निकालिएको छ ।’ ढलानका लागि पुनः गरिएको सूचनामा आवेदन नपरेमा आयोजना आफैँले सामान्य मर्मत गर्ने प्रमुख ओझाले बताए। उनका अनुसार आयोजनाले सामान्य खाल्डा टाल्ने काम मात्रै गर्न सक्छ ।

सुनाकोठीमा सडक निर्माण गर्नुपर्ने दुई खण्डमध्ये एउटा खण्डमा कालोपत्र र अर्कोमा ढलान गरिनेछ । पहिले कालोपत्र गरिएको खण्डमा सडक बिग्रिएकामा पुनः गर्न लागिएको हो । सुनाकोठीको भित्री बस्ती क्षेत्रमा पर्ने यी दुवै खण्डमा काम गर्न सजिलो नभएको आयोजना प्रमुख ओझाले बताए ।

चालू ठेक्कामा निर्माण व्यवसायीले काम गर्दा पहिले बिग्रिएको ठाउँमा मर्मत गर्ने उनले जानकारी दिए। उनले भने, ‘पहिले सम्पन्न भइसकेको ठेक्कामा नयाँ ठेक्काबाट गर्नुपर्छ ।’ सुनाकोठीका खाल्डा बढी बढी भएको खण्डमा अहिले मर्मतको काम एक सातामा सकिने आयोजनाले जनाएको छ । सडक विस्तारका घर भत्काउन, विस्तार र नाली राख्नका लागि सो खण्डमा ठाउँ नदिइएकाले जति उपलब्ध छ त्यतिमा नै कालोपत्र गर्ने उनले बताए । उनले भने, ‘सकेसम्म यही महिनाभित्रमा पिच गरिसक्न लागेका छौँ ।’

ढोलाहिटी–लेले सडक ठाउँ ठाउँमा निर्माणको काम बाँकी छ । खासगरी बस्ती क्षेत्रमा बढी समस्या रहेको आयोजना प्रमुख ओझाले बताए । विस्तारका लागि ठेक्का भए पनि सुनाकोठी–चापागाउँ खण्डमा विस्तारको काम गर्न नसकिएको आयोजना प्रमुख ओझाले बताए । चापागाउँबाट टिकाभैरबसम्म जङ्गल क्षेत्रमा निर्माणको काम झन्डै अन्तिम चरणमा छ ।

उनले भने, ‘केही खण्डमा समस्या भए पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ ।’ ढोलाहिटी–लेलेसम्मको सडक चैतसम्मको अवधि भए पनि काम गर्न नपाउँदा अवधि थप चाहिन सक्छ । विगतमा पटक–पटक अवधि थप भएकामा पनि निर्माण कम्पनीले काम गर्न नपाएका कारण पुग्दा अवधि थपिन सक्छ ।