२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ ।

प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि मङ्गलबारदेखि प्रशिक्षण थालिएको हो ।

समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल प्रहरीको छवि उच्च हुने उनको बुझाइ छ ।

कतिपय अवस्थामा सुरक्षाकर्मीको व्यवहार रुखो हुने गरेको भनेर आलोचना खेप्दै आएका बेला उक्त कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ ।