२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यान्वयनमा नआउँदै कानुन संशोधन

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बनेका कानुन प्रयोगमा नआउँदै छिटोछिटो संशोधन गर्नुपर्ने अवस्था आउँदा सरकार र संसदीय समितिको क्षमता माथि नै प्रश्न उठेको बताएका छन् ।

प्रदेशसभाको हिजो (बुधबार)को बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि भएको दफावार छलफलमा भाग लिने सदस्यले छिटोछिटो कानुन संशोधनमा जाँदा सरकारको क्षमतामाथि नै प्रश्न उठेकाले विज्ञको सल्लाहका साथै गहनरूपमा अध्ययन गरेर मात्र विधेयकको मस्यौदा बनाउन सुझाव दिए।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य एवं विधायन तथा प्रदेश मामिला समितिका सभापति चौधरीले गएको चार वर्षको अवधिमा धेरै ऐन संशोधन गर्नुपर्ने अवस्था किन आयो भनी प्रश्न गरे ।

अर्का सदस्य श्यामलाल रानाथारुले प्रयोगमा नआईकनै छिटोछिटो कानुन संशोधनमा जाँदा संसद्को कार्यक्षमता माथि नै प्रश्न उठ्न थालेको बताए । दफावार छलफलमा अमरबहादुर साउद र अक्कलबहादुर रावलले पनि भाग लिएका थिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीतादेवी चौधरीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सरकारले आवश्यकताअनुसार विधेयक ल्याउने भएकाले कानुन निर्माणमा विधायकको ठुलो भूमिका हुने बताइन् ।

बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा प्रकाशित वार्षिक प्रतिवेदन र प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिक प्रतिवेदन छुट्टाछुट्टैरूपमा सभामा टेबुल गरिन् ।

दुवै प्रतिवेदन छलफलका लागि प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा पठाइने जनाइएको छ । पर्याप्त काम (बिजनेस) नहुँदा प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतका नियमित बैठक स्थगित हुने गरेका छन् । बिजनेस नभएकै कारण यही चैत १३ गते सुरु भएको हिउँदे अधिवेशनको नियमित बैठक यो अवधिमा तीन पटक सूचना टाँस गरी स्थगित गरिएको थियो ।

प्रदेशसभाले काम थालेको चार पूरा भएर पाँचौँ वर्ष लाग्दा ५६ वटा कानुन बनाइसकेको छ । प्रदेशसभा सचिवालयका अनुसार यो अवधिमा सुदूरपश्चिम प्रदेश खेलकुद ऐन, सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन र कार्यविधि, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐन, लोकसेवा आयोगलगायत झन्डै आठ वटा ऐन कानुनको संशोधन भइसकेको छ ।

लोक सेवा आयोग ऐन तेस्रो पटक संशोधन भइसकेको छ । बनेका कतिपय ऐनको प्रभावकारी कार्यान्वयन नभइरहेको प्रदेशसभाका सदस्यले बैठकमा उठाउने गरेका पनि छन् ।