तनहुँ । व्यास नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपकराज जोशीले चुनाव चिह्न कैँची पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार उनलाई चुनाव चिह्न ‘कैँची’ प्रदान गरेको हो ।
नेकपा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली काँग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीका छोरा हुन् ।







