काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादे पीपलमा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबिच झडप भएको छ ।
बिहीबार राति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए ।
झडपमा परी काँग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उम्मेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य छ ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली खटाइएको छ ।







